=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उहाँले पुस २६ गते संसदमा विश्वासको मत लिनुुभएको थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उहाँलाई समर्थन गरेका थिए ।
त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि गएको वर्ष चैत ६ गते प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत लिनुुभयो । अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उहाँले तेस्रोपटक विश्वासको मत लिन लाग्नुुभएको हो ।
अहिले प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।
एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेको र देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन मिल्दैन। गठबन्धनका पाँचै दलले विश्वासको मत लिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीभित्र भने विवाद छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलवार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन ह्विप लगाउनुुभएको छ । तर उहाँका पतिसमेत रहेका रेशम चौधरीले कैलालीको टीकापुरमा बहुमत केन्द्रीय सदस्य जुटाएर नयाँ बनेको केन्द्रीय गठबन्धनमा नमिसिने र सरकारमा पनि नजाने निर्णय गराउनुभएको छ । निर्वाचन आयोगले रञ्जितालाई नै नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिएकाले संसदीय दलको नेताका रुपमा उहाँको ह्विप आधिकारिक हुन्छ । उहाँको ह्विपअनुसार नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कता उभिन्छन् भन्ने प्रष्ट भएको छैन ।
लोसपाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ । राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत नदिने सङ्केत गरेको छ । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले निर्णय गर्न बाँकी छ ।