=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
यसअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको थियो ।