=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न नेपाली कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताउनुभएको छ ।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ओलीले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले कांग्रेस सरकारबाट बाहिर छ । सरकारबाहिर हुनेबित्तिकै कांग्रेसजस्तो पार्टीले कुनै आवेश र उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति दिने र संसद् अवरुद्ध गर्नेजस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी कांग्रेसबाट परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ ।’