=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलहरूलाई भाग पुर्याउनकै लागि मन्त्रालय फुटाएर सङ्ख्या बढाउने निर्णय भएको हो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सात वटा मन्त्रालय फुटाएर नाै वटा पुर्याउने निर्णय गर्नुभएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रालय फुटाउने प्रस्ताव गरेको र बैठकले प्रस्ताव पारित गरेको एक जना मन्त्रीले जानकारी दिएका छन् । गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ सालको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर सात वटा मन्त्रालय बताउनुभएको थियो । तर यस पटक भने आफ्नो सत्ता जोगाउन र गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा ल्याएर बहुमत पुर्याउन अधिकारीले नै मन्त्रालयको सङ्ख्या सात वटाबाट नाै वटा पुर्याउन लाग्नुभएको हो ।
गण्डकीमा राप्रपाको समर्थनविना सत्तारूढ गठबन्धन र नेपाली कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ । राप्रपाले पनि सरकारलाई समर्थन गर्ने सम्भावना रहेको र उसका दुवै जना सांसदलाई मन्त्री बनाउन मन्त्रालयको सङ्ख्या बढाएको हुन सक्ने अनुमान छ ।
गण्डकीमा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा (माओवादी केन्द्र) को सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसहित ६० जना सांसद छन् ।