=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो ।
इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको हो ।
यस्तै बझाङ–१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्छ ।