=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभामा आज विश्वासको मत लिने कार्यसूची छ । तर कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको संसद बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन अस्ति शनिवार कांग्रेस, एमाले, माओवादी र रास्वापाबीच संसदीय छानबिन समिति गठन विषयमा समझदारी बनाए पनि क्षेत्राधिकार विवादले समिति बन्न सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
यसअघि फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १०, नाउपाका ४ र दुई जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ ।
यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दल छोडेका ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन आग्रह गर्नुभएको छ ।