=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा भाग लिन जाने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने हुनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको हो ।

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को समर्थनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सि आइतवार तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड पर्सि आइतवार दिल्ली गएर सोमवार फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ ।