=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

माेदीकाे शपथ समाराेहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान


भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे शपथ ग्रहण समाराेहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो । उहाँको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छाेरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज बेलुकी शपथ लिनुहुने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भाेलि स्वदेश फर्कने कार्यक्रम छ ।