=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव


जसपा नेपालको अध्यक्षबाहेकका पदमा आज चुनाव हुँदैछ । २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् । चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो.खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका छन् । २ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका छन् ।

एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा भने उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसक्नुभएको छ । हिजो उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी उहाँ निर्विरोध अध्यक्ष चुनिनुभएको हो ।