=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

आफु थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न लामिछानेको माग


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्।

सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई निलम्बन गर्नु कानुनसम्मत नरहेको जिकिर गरेका थिए।

‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’ लामिछानेको भनाइ थियो।

तर सभामुख घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको लामिछानेलाई जबाफ दिएका छन्।

‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निलम्बन गरेको होइन, कानुनबमोजिम गरेको हुँ,’ सभामुख घिमिरेले भने।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। यहाँ लामिछानेविरूद्ध सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा थियो।

साथै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।