=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधि सभाको अर्थ समितिबाट फिर्ता भएको छ।
सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो। विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो।
विधेयक फिर्ता गर्ने निर्णयको पक्षमा कांग्रेस र एमालेका सांसदहरू थिए। बैठकमा अर्थमन्त्री विष्णु पौडेलले कानुन बमोजिम नै अध्यादेश ल्याइएको र यसमा कुनै गलत आशय नभएको भन्दै विधेयक फिर्ता गर्न समितिलाई आग्रह गरेका थिए।
तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले समितिमा विचाराधीन विधेयक फिर्ता गरेर संसदको अधिकार हनन गर्न खोजेको बताएका थिए। विधेयक फिर्ता गर्ने निर्णयमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले ‘नोट अफ डिसेन्ट’ लेखे।
विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनुपर्नेमा त्यसो नगरिएको र समितिमा विचाराधीन विधेयकलाई निष्क्रिय बनाएर संसदको अधिकार कुण्ठित गर्नु निरंकुशताको उदाहरण भएको भन्दै आएको अध्यादेश पनि फेल गर्नुपर्ने भनेर उनले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।
प्रतिपक्षका अरू सांसदहरूले भने आफूहरू विधेयक फिर्ता गर्ने निर्णयको विपक्षमा रहेको बताएका थिए।