=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको एउटा मात्रै प्रमाण भए ल्याउनका लागि चुनौति दिएका छन्।
प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र कसैलाई गर्न नदिने दृढ रहेको बताउँदै प्रमाण भए देखाउन चुनौति दिएका हुन्।
‘दुनियाको अगाडि भन्छु। भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनैपनि मात्रामा कुनैपनि ठाउँमा, कुनैपनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्,’ उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि आलोचनायोग्य काम नगरेको पाइएपछि स्वीट्जरल्याण्डको बैंकमा पैसा रहेकोदेखि टेलिकममा लगानी गरेको भनेर भ्रम फैलाइएको बताए।
त्यसरी कराउनेमा हिजो पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मानिसहरू पनि रहेको उनले बताए।
‘त्यस्तो हावा कुरा गरेर भ्रम फिँजाउने काम भइरहेको देख्दा सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ रहेनछ भन्ने पुष्टि भयो,’ प्रधानमन्त्रीले भने।
यद्यपि सरकारका कामकारबाहीको रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको प्रधानमन्त्रीको भनाइ थियो।
‘सरकारलाई गल्ती गर्नबाट रोक्न टिप्पणी आवश्यक हुन्छ। प्रतिपक्षको त्यो दायित्व हो। तर आलोचनाका नाममा हावादारी कुरा फैलाउनु उचित हुँदैन,’ उनले भने।