२३ माघ २०८१, बुधबार

चीन, क्यानडा, र मेक्सिकोले अमेरिकामाथि कर लगाउने 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क लगाइएको छ । ट्रम्पले घोषणा गरेको नयाँ कर मंगलबारदेखि कार्यान्वयमा आउने जनाइएको छ ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्‌कालीन आर्थिक शक्तिको प्रयोग गरेको जनाएका छन् । चीनले फेन्टनिल (औषधि) प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले गैरकानुनी आप्रवासीलाई सीमा वारपार गर्न दिएको आरोप लगाएका छन् ।