=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हिटलरको संज्ञा दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए ।
‘काठमाडौं महानगरका मेयरले हिटलरको शैलीमा दिनदहाडै कवाड व्यवसायीमाथि डोजर चलाएर गरिब मजदुरलाई घाइते बनाएका छन् । जर्मनीमा लोकतान्त्रिक प्रक्रियाबाटै नाजीवादको उदय भएजस्तै मेयर सा तानाशाह बनेर निस्किएका छन् । बालेनको गतिविधिले जर्मनीको हिटलर, इटलीको मुसोलिनीको याद आएको छ,’ उनले भने ।
लोकतन्त्रले जनताको अधिकार र सुरक्षाको ग्यारेन्टी गरेको हुन्छ भन्दै सांसद सिंहले त्यसैका लागि राज्यको परिकल्पना गर्ने गरिएको बताए ।
संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्ने प्रश्न गर्दै सांसद सिंहले भने, ‘संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, यो देश बहुभाषिक, बहुधार्मिक हो र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको छ । अहिले यो अधिकार मिचिएको छ ।’
काठमाडौं सबै नेपालीको राजधानी भएको भन्दै उनले सांसद सिंहले संसद् भवन, सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास बालुवाटर र राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउन चुनौती दिए ।