=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन्: प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ३० औं ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हजारौँ शहीदहरुको बलिदान र बेपत्ताहरुको त्यागले सिञ्चिएको ‘जनयुद्ध’ रहिरहने बताएका हुन्।

‘कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने।

उनले ‘जनयुद्ध दिवस’ जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए। ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसकै रुपमा अगाडि लैजानुपर्ने उनको भनाइ छ।

‘जनयुद्ध’ शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै यसलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने उनले बताए।

‘जनयुद्ध’माथि अहिले पनि प्रहार भइरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

‘यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन्। त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको बताए।