=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

बाबुराम भट्टराई फेरि नेसपा (नयाँ शक्ति) अध्यक्ष


नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्।

अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्।

भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। भट्टराई ६८८ मतान्तरले विजयी भएका हुन्।

कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए। भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो।

महाधिवेशनमा १३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए।

महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए।

सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश, भरत दाहाल निर्वाचित भएका छन्।

कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका हुन्।

९९ सदस्यीय केन्द्रीय समितिमा ७० पदका लागि निर्वाचन भएको थियो।