=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सार्वजनिक समारोहहरुमा, धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्न पनि सभामुखमार्फत हार्दिक अनुरोध गर्दछु ।’
पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।