=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट गरिँदैछ ।
यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने मत राख्दै आएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट राप्रपा अहिले उत्साहित देखिन्छ ।
ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै अहिलेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका थिए ।
लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ ।
राप्रपाले कहाँ कहिले गर्दैछ भण्डाफोर सभा ?
भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।