=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

निजामती विधेयकबारे छलफल गर्न बडूको नेतृत्वमा उपसमिति गठन


निजामती विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले उपसमिति गठन गरेको छ।

समितिको शुक्रबारको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताए।

यो उपसमितिले विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन दिनेछ।

उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समय दिइएको सभापति खतिवडाले बताए।