=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्।
झापामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताए।
‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाईं फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ। त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनुपर्छ भन्ने गफ भइरहेको हुन्छ, राजा गएको १०० औं वर्ष भइसक्यो,’ कोइरालाले भने, ‘यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको देखाउँछ।’
उनले गणतन्त्रले जनतालाई आशा र भरोसा दिलाउन सक्यो कि सकेन भन्ने महत्त्वपूर्ण हुने बताए।
‘माई खोलामा धेरै पानी बगिसक्यो, राजा फर्कनेमा मलाई विश्वास छैन। तर कोसिस त मानिसले गरिरहेका हुन्छन्। हामीहरूले राम्रो काम गर्नुपर्छ,’ उनले भने।