=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सञ्चालन गर्ने भएको छ।
उक्त अभियानको आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपाबाट सुरूवात गर्न लागेको कांग्रेसले जनाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गरिने कांग्रेसले जनाएको छ।
यो अभियान केन्द्रीय कार्यालयले पुस्तकालय तथा स्रोत केन्द्रको समन्वयमा सञ्चालन गर्न लागेको हो।
कांग्रेसले ‘हामी सक्छौं, मिसन रोजगारी’ अभियान चलाउन लागेको हो। अब वर्षभर रोजगारीकेन्द्रित रहेर कांग्रेसले छलफल गर्नेछ।
कांग्रेसले अब रोजगारीमा बहस केन्द्रित गर्न यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ।