=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

पूर्वराजा कुन तागतका मानिस हुन् मैले बुझेको छु, फर्केर आउँदैनन्: कृष्ण सिटौला


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन सरकारले निर्णय गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निवास (नागार्जुन दरबार) र सुरक्षा प्रबन्ध गरेकोले चाह्यो भने खोस्न सक्ने बताएका छन्।

धनगढीमा सोमबार आयोजित कांग्रेस सुदूरपश्चिम प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले पूर्वराजाबारे चर्चा गर्नु आवश्यक नरहेको पनि बताए।

‘राजाबारे चर्चा हुने गर्छ, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ,’ ज्ञानेन्द्र शाहले नारायणहिटी छाड्नुअघि भेट्न आफू भेट्न र कुराकानी गर्न पुगेको स्मरण गर्दै पूर्वगृहमन्त्री सिटौलाले भने, ‘सरकारकै निर्णयले तत्कालीन अवस्थामा निवास नागार्जुनमा बस्न दिएको हो, सुरक्षा बन्दोबस्त गरेको हो, सरकारले चाह्यो भने हटाउन सक्छ।’

पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा आइतबार काठमाडौंमा भएको स्वागतलाई लक्ष्य गर्दै उनले १५, २० हजार मानिस सडकमा आएर राजा चाहियो भन्नु ठूलो नभएको बताए।

‘म आफै गएर १ घन्टा बसेर सम्झाइ बुझाइ बाहिर पठाएको हुँ,’ नारायणहिटीबाट शाह बाहिरिनुअघि भएका कुरा सम्झँदै उनले भने, ‘कुन तागतका मानिस हुन् बुझेको छु, फर्केर आउँदैनन्। आत्तिनु पर्दैन।’