=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले १५ वर्षपछि पहिलोपटक जापानको प्रतिनिधिसभामा बहुमत गुमाएको छ । पार्टीले यसैवर्ष जुलाईमा उच्च सदनमा पनि बहुमत गुमाएको छ । यसले प्रधानमन्त्री इशिबामाथि ठूलो दबाब सिर्जना गरेको खबरमा उल्लेख छ ।
एलडीपीले गएको सात दशकदेखि धेरैजसा समय जापानमा शासन गर्दै आएको भए पनि इशिबाको नेतृत्वमा पार्टीले ऐतिहासिक हार बेहोरेको छ । अब एलडीपीले नयाँ नेता छान्ने र संसदले प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने भनिएको छ । इशिबा गएको एकवर्ष अघि अक्टोबरमा जापानको प्रधानमन्त्री बन्नु भएको थियो ।