=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

रास्वपाको समानुपातिक बन्दसूचीमा व्यावसायिक पृष्ठभूमिदेखि सेलिब्रेटीसम्मको वर्चस्व


नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ। ११० जनाको सूचीमा उद्योग–व्यवसायदेखि मनोरञ्जन क्षेत्रका चर्चित नामहरूको बाक्लो उपस्थिति छ।

सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल लाई समेटिएको छ। त्यस्तै, गोल्डस्टार ब्रान्डका जुत्ता–चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट बन्दसूचीमा परेकी छन्। मनोरञ्जन क्षेत्रका अनुहारहरूको उपस्थिति अझ उल्लेख्य देखिन्छ।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन्। गायक, अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाह मुस्लिम पुरुष क्लस्टरबाट पहिलो स्थानमा सिफारिस भएका छन्। मुस्लिम महिलातर्फ मानव अधिकारकर्मी मोहना अन्सारी सूचीमा परेकी छन्। चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङले पनि समानुपातिकतर्फ स्थान बनाएका छन्।नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ। तर विगतमा दलहरूले यही व्यवस्थालाई श्रीमती, छोरी तथा नातेदार भर्ती गर्ने माध्यम बनाउँदा प्रणाली आलोचनाको केन्द्रमा पर्दै आएको छ।