=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

एमालेको पार्टी कार्यालय सरसफाई गर्दा खिया लागेको पेस्तोल भेटियो


काठमाडौं : एमालेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय परिसर पेस्तोल फेला परेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो एमालेका पार्टी कार्यालय सरसफाई गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल फेला परेको हो ।
पेस्तोल खिया लागेको र काम नलाग्ने अवस्थामा रहेको उनले बताए । प्रवक्ता जोशी भन्छन्, ‘जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको र हराएको हतियार फेला परेको हो । हतियार कसले लुट्यो ? कसले त्यहाँ लुकायो ? अनुसन्धान भइरहेको छ ।’