१९ माघ २०८२, आईतवार

मधेसमा बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी


जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा ६ वटा मन्त्रालयले मन्त्री पाउन बाकी रहेको छ ।

रिक्त सबै मन्त्रालयमा सत्तारुढ दलबाट मन्त्री नियुक्त गरिने तयारी गरिएको मुख्यमन्त्री कृष्णा यादवले बताए । उनका अनुसार दलहरूसँगको अन्तिम सहमतिको टुङ्गो लगाएर भोली शपथग्रहण गराइने तयारी गरिएको छ ।