=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
अहिले नेपालि राजनिति ले परिवर्तनको विन्दुमा प्रस्थान गरेको छ। विशेष गरि पुरानो भनिएको राजनैतिक दल र वैकल्पिक भनिएका नयाँ दल बिच राजनैतिक शक्ति सङ्घर्ष चलिरहँदा ७ दशक जति नेपालि समाजमा प्रभाव पारेका राजनैतिक दल मा भने आन्तरिक विद्रोह को सङ्केत देखा पर्न थालेका छन । विषेश गरि साङ्गठनिक रुपमा बलियो देखिएको ने क पा एमाले मा अहिले हलचल सुरु भएको छ । नेकपा एमालेका नेता एवम रूपन्देही-५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद वासुदेव घिमिरे ले सामाजिक संजालमा पार्टि को कुनै पनि जिम्मेवारि र सदस्यता नलिइने गरि राजिनामा दिएका छन ।
उनले सामाजिक संजाल मा पोष्ट गर्दै लेख्छन “अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको छ,’ उनले लेखेका छन्, ‘देशको आवश्यकता, ईतिहासको गति, आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो । पुराना दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।”
आधिकारिक रुपमा नआएपनि केहि चर्चा अनुसार उनि रा.स्व.पा मा प्रबेश गरि रुपन्देहि क्षेत्र नम्बर २ बाट चुनाबि मैदानमा उत्रिने भनिएको छ भने रुपन्देहि क्षेत्र नम्बर २ बाट एमाले सांसद बिष्णु पौडेलले चुनाब लड्दै आएका छन।
उनको यस कदमले राजनैतिक बृत्तमा कस्तो प्रभाव पार्ला त्यो समएले बताउला तर पुरानो भनिएका दलमा परिवर्तन चाहाने खेमालाइ भने ठुलै नैतिक बन्धनमा पारेको छ, एकातिर जनविद्रोह र जनचाहाना भने अर्को तिर राजनैतिक इमान्दारिता र पार्टि स्नेह ।