=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । भने
जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन् ।यस्तै जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन्। यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गते १९ मंसिरमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएका मुख्यमन्त्री यादव सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए ।दोस्रो पटक उनले गत २९ मंसिरमा दुई जना मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकेका थिए ।