=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

राप्रपा र राप्रपा नेपाल बिच एकताः थापा पुन राप्रपामा प्रवेश


राष्ट्रिय प्रजातान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता घोषणा भएको छ। बुधबार राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरेका हुन्। पार्टीको नाम राप्रपा रहने सहमति भएको छ। यसैगरी पार्टीको केन्द्रीय अध्यक्ष लिङ्देन रहेका छन् भने पार्टीको विधान,झण्डा र चुनाव चिन्ह साविकको कायम हुने सहमति भएको छ। राप्रपाका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने सहमति पत्रमा उल्लेख छ।

निर्वाचनको मिति नजिकिएसँगै दलहरूबीच एकताको लहर चलिरहेको बेला उनीहरूबीच पार्टी एकता घोषणा भएको हो। फागुन २१ प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

यसअघि उनीहरूबीच गत ९ गते पुसमा एकता गर्ने सहमति भएको थियो। २०७८ साल भएको पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए।