=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

“शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गराउने पुर्वाधार तयार नभएकोः” झलनाथ खनाल!


पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेपाली कम्युनिष्ट पार्टी वरिष्ठ नेता आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले मुलुकलाई हिंसा र विध्वंसतिर लान खोजिरहेको बताएका हुन्।

उनका अनुसार  “हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेका छन्।’ खनालले भनेका छन्, ‘उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।’

खनालका अनुसार देशमा अहिले राम्रो सङ्ग निर्वाचन गराउने पुर्वाधार तयार नभएको  र वर्तमान सरकारले संविधानले परिकल्पना गरेको भन्दा फरक ढङ्गले गठित भएको हुनाले निर्वाचन शान्तिपुर्ण र धाधलि रहित हुनेमा उनले सङ्का व्यक्त गरेका छन ।

उनका अनुसार “अहिले वर्तमान संविधान मिचेर भएपनि नयाँ सरकार बनेको छ र त्यसले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। अवश्य नै निर्वाचनको विकल्प छैन। तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन। निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्ने, मुलुकको सामाजिक–आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, परराष्ट्र नीतिलाई ट्रयाकमा फर्काउने, सुशासन स्थापना गर्दै भ्रष्टाचारको अन्त्य गर्ने र युवाहरूको लागि रोजगारी सिर्जना गर्ने जस्ता ज्वलन्त तत्कालिक  सवालहरू समाधान गर्ने आवश्यकता प्रबल बनिरहेको छ।’ खनालले शुभकामना सन्देशमा लेखेका छन्,‘यी सवालहरू समाधान गर्ने ठोस योजनाका साथ गरिने निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिक समस्या समाधान गर्दै क्रमशः समाजवादतिर अग्रसर हुने बाटो खोल्न सक्छ। त्यसका लागि हाम्रो देशका समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरू बीच राष्ट्रिय एकता निर्माण गर्नु अनिवार्य हुन्छ।  त्यही उद्देश्य प्राप्तिका निम्ति हामीले सत्रवटा बाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौं। यो पार्टी चार आधारभूत सिद्धान्तका आधारमा सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्न दृढ छ।”

खनालले नेपाली जनताले वर्षौंदेखि भोग्दै आएको दिशाहिनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक संकट निरन्तर गहिरिँदै गइरहेको बताए। उनले भने, ‘जेन्जी आन्दोलनका नाममा देशी विदेशी प्रतिक्रियावादीहरूले विगत भदौ २४ गते देशव्यापी रुपमा गरेको तोडफोड, आगजानी, लुटपाट र महाविध्वंसले सिंगो मुलुक नै महासंकटको अवस्थामा पुगेको छ। यो महासंकटबाट नयाँ निर्वाचनमार्फत निकासतिर लाने ठूलो चुनौतीको सामना गर्दै गर्दा हामी इ.सम्बत्को नयाँ वर्ष २०२६ मा प्रवेश गरेका छौँ।’

उनले विद्यमान परिस्थितिको गम्भीरता, बदलिँदो अन्तर्राष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको समाजवादको आकांक्षालाई बुझेर विद्यमान महासंकटबाट निकासतिर लान एकताबद्ध बनाउनुपर्ने भनि बताए।