१९ माघ २०८२, आईतवार

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले बुक गरे भृकुटीमण्डप


विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।

कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिना पुग्न लाग्दा पनि पार्टीले बेवास्ता गरेको भन्दै हल बुक गरिएको उनीहरू बताउँछन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता मनोजमणि आचार्यले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरिएको जानकारी दिए ।
‘हामीले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरेका छौँ । पार्टीले नियमित महाधिवेशन गरेन । दुई दिन विशेष महाधिवेशन हुन्छ,’ आचार्यले बिहीबार रातोपाटीसँग भने ।

हल बुक गर्नका लागि लेखनाथ पोखरेल गएको आचार्यले बताए । हल बुक गरिसकेपछि पार्टीलाई जानकारी गराइने उनको भनाइ छ ।