=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।
कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिना पुग्न लाग्दा पनि पार्टीले बेवास्ता गरेको भन्दै हल बुक गरिएको उनीहरू बताउँछन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता मनोजमणि आचार्यले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरिएको जानकारी दिए ।
‘हामीले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरेका छौँ । पार्टीले नियमित महाधिवेशन गरेन । दुई दिन विशेष महाधिवेशन हुन्छ,’ आचार्यले बिहीबार रातोपाटीसँग भने ।
हल बुक गर्नका लागि लेखनाथ पोखरेल गएको आचार्यले बताए । हल बुक गरिसकेपछि पार्टीलाई जानकारी गराइने उनको भनाइ छ ।