=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
कांग्रेस विशेष महाधिवेशन समिति पक्षधरका नेताहरूले केन्द्रीय समितिले बहुमतको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस विधानले गरेको व्यवस्था अनुसार विशेष महाधिवेशन माग गरिएको उल्लेख गर्दै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरकर्ताहरूले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षका नेता देवराज चालिसेले केन्द्रीय समितिले पार्टीको विधानमा बहुमत अस्वीकार गर्ने अधिकार कसैलाई नरहेको बताए । ‘५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन् । उहाँहरूलाई बहुमत मान्दिनँ, विधान पनि मान्दिनँ भन्ने सुविधा छ ?,’ चालिसेले प्रश्न गरे ।
सभापति शेरबहादुर देउवाले विधान महाधिवेशन नगरी पार्टीलाई आफ्नै आँखा अगाडि क्षत विक्षत भएको देख्न नचाहेको पनि चालिसेले बताए । लामो समय पार्टीको नेतृत्व गरेका सभापति देउवाले आफ्नै आँखा अगाडि पार्टी क्षतविक्षत भएको देख्न चाहेको कल्पना पनि विशेष महाधिवेशन पक्षले नगरेको उनले बताए ।
‘यो मागलाई सम्बोधन कर्तव्य बाध्यकारी रुपमा केन्द्रीय समितिमा छ । यसलाई कार्यान्वयन गर्नुपर्ने उसको दायित्व हो,’ उनले भने ।