उनका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गरेको छ।
भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिलाई स्पष्ट निर्देशन दिनुहुँदै, मन्त्री अर्यालले भन्नुभयो ‘हाम्रा कार्यक्रमहरू परिणाममुखी होस् भाषणमुखी होइन, व्यवहार परिवर्तनमा केन्द्रित होस् । विद्यालय र युवालाई केन्द्रमा राखियोस्, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ । स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस्।’
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास हरुलाई प्राथमिकता दिन निर्देशन दिए ।
भूकम्प र अन्य विपद्बाट बच्न भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न पनि उवाँले निर्देशन दिनुभयो।
भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको भन्दै मन्त्री अर्यालले भने, ‘यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयंको भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव छैन।’
गृहमन्त्री अर्यालले अगाडि भने, ‘हाम्रा पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट हाम्रो जोखिमलाई धेरै कम गर्न सकिने भएकोले सुरक्षित,सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा संकल्पको खाँचो छ।’