१८ माघ २०८२, शनिबार

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गर्ने प्रस्ताव


काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ ।

सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।