रा.स्व.पा ले समानुपातिक तर्फको निर्वाचनको लागि निर्वाचन आयोगमा पठाएको नाम लिस्ट सामाजिक संजाल लगाएत वौद्दिक बर्ग र आम नेपालि जनताले आक्रोस र विरोध गरेपछि भने केहि रा.स्व.पा का समानुपातिक उम्मेदवारले उम्मेदवारि फिर्ता लिएको छन भन्दै आफ्नो सामजिक संजाल बाट जानकारि गराएका छन।
उम्मेदवारि फिर्ता लिएका उम्मेदवार सचिन ढकाल आफ्नो ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।
युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको र त्यसका लागि नवयुवाहरू अघि सरिरहेको परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गरेकोभन्दै पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।
भने अर्का उम्मेदवार आसिफ साहले पनि शनिबार आफ्नो सामाजिक संजाल बाट उम्मेदवारि फिर्ता लिने बारे जानकारि गराएका छन उनले आफ्नो सामजिक संजालमा पोष्ट गर्दै लेख्छन ”
राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ।
आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।
म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।
तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।
देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु।
तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु| साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु। प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ—प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो। हामी काठमाडौँ–५ बाटप्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं। देशभन्दा ठूलो केही हुँदैन।