१८ माघ २०८२, शनिबार

पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषय छलफलमा रा.स्व.पा!


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु भएको छ।

आइतबार अपराह्न सभापति रवि लामिछानेको सभापतित्वमा बैठक सुरु भएको हो। लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो सचिवालय बैठक बसेको हो।

आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदै छ।

रास्वपाले नेपाल उज्यालो पार्टी र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)सँग एकताको सहमति गरेको थियो। आजको बैठकमा त्यस विषयमा पनि छलफल हुँदै छ।