१७ माघ २०८२, शुक्रबार

चुनाबि माहोल सङ्ग सगै शैक्षिक गतिबिधिको अन्योलता !


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कारण चैत पहिलो सातादेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रभावित हुने अवस्था सिर्जना भएको छ। निर्वाचनको मतपत्र र एसईईको प्रश्नपत्र एकै ठाउँमा छापिने भएकाले एसईईको परीक्षा प्रभावित हुने अवस्था सिर्जना भएको हो। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का उपनिर्देशक ताराराज निरौलाले मतपत्र र प्रश्नपत्र छपाइएकै समयमा गर्नुपर्ने अवस्था सिर्जना भएकाले एसईईको पत्रपत्र छपाइमा समस्या सिर्जना हुनसक्ने संकेत गरे। 

‘हामी एसईई समयमै गर्ने तयारीमै छौँ। त्यसको लागि तालिका निकाल्ने गृहकार्य चल्दैछ,’ निरौलाले नेपालखबरसँग भने, ‘हाम्रो कार्ययोजना अनुसार आगामी माघ पहिलो साता एसईई परीक्षाको तालिका निकाल्नु पर्नेछ। तर, निर्वाचन आयोगको मतपत्र छाप्ने र एसईईको प्रश्नपत्र छाप्ने सेक्युरिटी मेसिन एउटै हुँदा एसईई परीक्षाको तालिका प्रभावित हुनसक्छ कि भन्ने डर हामीलाई छ।’

उनले प्रश्नपत्र छाप्न कम्तीमा एक महिनादेखि ३५ दिनसम्म समय लाग्ने जानकारी दिए। ‘फागुन २१ को निर्वाचनको लागि मतपत्र छाप्ने कामले हामीलाई डिस्टर्ब गर्न सक्छ,’ उनले भने, ‘हामीले जनक शिक्षाको प्रेस र जनशक्ति पाएनौँ भने हामीसँग प्रश्नपत्र छाप्ने अर्को विकल्प पनि छैन।’तर, मतपत्र छाप्ने कामले एसईईको प्रश्नपत्र छपाईमा कुनै समस्या नहुने हो भने निर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने उनले प्रष्ट पारे। 

‘तर, समस्या कहाँ नेर हो भने हामीले एसईईको प्रश्नपत्र छाप्ने र निर्वाचन आयोगले मतपत्र छाप्ने सेक्युरिटी प्रेस एउटै हो। निर्वाचन आयोगले मत पत्र छाप्ने मेसिन पूर्णरुपमा लियो भने हामीलाई प्रश्नपत्र छाप्न समस्या हुन सक्छ।’त्यस्तो अवस्थामा एसईईको तालिका तलमाथि हुनसक्ने उनले बताए।‘तर, मतपत्र छापिरहँदा पनि हामीलाई प्रश्नपत्र छाप्न कुनै समस्या भएन र प्रेस तथा जनशक्तिको अभाव पनि भएन भने हामीलाई कार्यतालिका अनुसार एसईई परीक्षा सञ्चालन गर्न समस्या हुँदैन,’ उनले भने। 

एसईई चैत पहिलो सातादेखि सुरु गर्ने भनेर कार्ययोजना स्वीकृत भइसकेको छ। त्यही अनुसार बोर्डले पनि तयारी अघि बढाएको निरौलाले बताए। ‘माघको पहिलो सातासम्ममा हामी एसईई तालिका सार्वजनिक गर्नेछौँ,’ उनले भने, ‘त्यो बेलासम्म नेपाल सरकार, शिक्षा मन्त्रालय, गृह मन्त्रालय लगायतका निकालयले के निर्देशन दिन्छन्, त्यही अनुसार हामी काम गर्नेछौँ।’

बोर्डको क्यालेन्डर अनुसार आगामी फागुन १ गतेदेखि नै प्रश्नपत्र छपाई कार्य सुरु गर्नु पर्छ। तर जनकले मतपत्र र शैक्षिक सत्र अगावै पाठ्यपुस्तको छपाई पनि पूरा गर्नु पर्ने बाध्यता छ। बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसईई आगामी चैतको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी छ। गत वर्ष पनि एसईई चैत ७ गतेदेखि सुरु भएको थियो यस वर्ष एसईईको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। 

पहिलो चरणमा समानुपातिक तर्फको २ करोड ८ लाख थान मतपत्र पुस २२ गतेदेखि माघ ९ गतेभित्र छपाई कार्य सक्नु पर्नेगरि जनक र आयोगबीच सहमति भएको छ। त्यसपछि प्रत्यक्ष तर्फको थप २ करोड ८ लाख थान पतपत्र छाप्नुपर्ने छ। जनकशिक्षा सामाग्री केन्द्रले मंगलबारदेखि नमुना मतपत्र छपाई कार्य सुरु गरेको छ। जनकले यस पटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको लागि प्रत्यक्षतर्फ २ करोड ८ लाख र समानुपाति तर्फ २ करोड ८ लाख थान गरी कुल ४ करोड १६ लाख थान मतपत्र छपाई गर्न निर्वाचन आयोगसँग समझौता गरेको छ। 

जनक शिक्षाका प्रवबन्ध निर्देक यदुनाथ पौडेलले मतपत्र छपाई, पाठ्यपुस्तक छपाई र एसइईको प्रश्नपत्र छपाई तीनवटै कार्य सरकारी नै भएकोले अब सरकारले नै एसइईको तालिकाबारे ठोस निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको बताए सरकारले जनकलाई विद्यालय तहको १ करोड ७० लाख थान पाठ्यपुस्तक  छपाई गर्न दिएको छ। जसमध्ये हालसम्म १ करोड ४० लाख थान पाठ्यपुस्तकको छपाई सकिएको छ। बाँकी ३० लाख थान पाठ्यपुस्तक फागुन मसान्तसम्म छाप्ने जनकको तयारी छ।