१८ माघ २०८२, शनिबार

प्रतिनिधि सभा चुनावका लागि टोप ब. रायमाझिको नाम पहिलो नम्बरमा सिफारिस !


नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका छन्। तर, आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि जिल्लाबाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएर आएको छ।

नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीको आज बसेको बैठले उनलाई पहिलो नम्बरमा राखेर उनीसहित ५ जनाको नाम सिफारिस गरेको छ। जिल्ला अध्यक्ष पिताम्बर भुसालका अनुसार पहिलो नम्बरमा रायमाझी सिफारिस भएका छन्। त्यसपछि पिताम्बर भुसाल, पिताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, भोजबहादुर शाह र बिजुला रायमाझीको नाम सिफारिस भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख ३१ गते रायमाझी पक्राउ परेका थिए। अदालत काठमाडौँले उनलाई त्यही वर्षको असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

भुसालले रायमाझीलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनको सम्मानस्वरुप पनि नाम सिफारिस गरेर पठाएको बताए। ‘उहाँ हुनुपर्छ भन्ने जिल्लाको सम्मान र माग पनि हो,सफाइ पाएमा उम्मेदवारमा रायमाझीलाई प्राथमिकता दिइने पनि भुसालले बताए। ‘फेरि उहाँ क्लिनचिट पाएर निस्किनु भयो भने उहाँलाई प्राथमिकतामा राख्ने भन्ने हो,’ उनले भने।

रायमाझीले यसअघि २०७९ मा एमालेबाट चुनाव जितेका थिए। त्यसअघि माओवादीमा रहेका उनीले माओवादी शान्ति प्रक्रियामा आएपछि लडेका २०६४, २०७० र २०७४ को पनि चुनाव जितेका थिए।