१८ माघ २०८२, शनिबार

इरानमा महँगी र आर्थिक संकट:विरोध प्रदर्शन देशका ३१ प्रान्तमध्ये २७ वटामा!


इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्।

इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी गरेका छैनन्, यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन्। बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि भएको जनाएको छ।

एचआरएएनएका अनुसार, हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् र २ हजार ७६ जनालाई पक्राउ गरिएको छ।इरानमा महँगी र आर्थिक संकटका कारण सुरु भएको विरोध प्रदर्शन देशका ३१ प्रान्तमध्ये २७ वटामा फैलिएको छ।