७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ ।
यसैबीच विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका छन् ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।
‘पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वत: निर्विकल्प विकल्प बनेको छ ।’