काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टै छलफलमा बसेका छन् । मंगलबार उनीहरू पार्टी कार्यालयमा छलफल गरिरहेका हुन् ।
छलफलमा खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू शेखर कोइराला,विमलेन्द्र निधि लगायत छन् । यता केन्द्रीय सदस्यहरू भने बाहिर केन्द्रीय समिति बैठकका लागि बसेका छन्।
नेताहरूका अनुसार बालुवाटारको बैठक सकिएपछि मात्रै केन्द्रीय समिति बैठक सुरु गर्ने तयारी छ ।
नेपाली कांग्रेसको विवाद मिलाउने प्रयासस्वरुप बालुवाटारमा दुई पक्षीय वार्ता जारी छ । महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधरबिचको वार्ता टोलीबिच दोस्रो चरणको वार्ता भइरहेको हो ।
सहमति भए अनुमोदन गर्ने र नभए कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको नेताहरू बताउँछन्।