१८ माघ २०८२, शनिबार


नेपालि राजनिति अहिले परिवर्तनको मुखार बिन्दुमा छ भन्दा फरक नपर्ला। बिषेशगरि पछिल्ला बर्षमा देखिएको चरम निरासा, बेरोजगारि , गरिबि र भ्रष्टाचार जस्ता प्रमुख कारण र नेतृत्व माथिको अबिश्वास ले नै देशलाइ बर्तमान अवस्थामा धकेलेको छ भन्नु अनुचित भने देखिदैन ।

वैकल्पिक भनिएका दल हुन या पुराना भनिएका दल हुन ति सबै चुनाब अगि आफुले आफैलाइ थप परिस्कृत गर्दै निर्वाचन द्वारा जनताको मन जित्न चाहाने रस्साकस्सि भने बढेको पनि देखिन्छ । कहिले रा.स्व.पा द्वारा बालेन रबि कहिले उज्यालो नेपाल द्वारा कुलमान कहिले श्रम संस्कृत द्वारा हर्क चर्चामा बनिरंदा भने अहिले मुलुकमा भएका पछिल्ला राजनैतिक गतिबिधिमा चर्चाको विषय बनेको छ नेपालि कांग्रेस र पार्टि सभापति गगन कुमार थापा र पुर्ब सभापति शेर ब. देउवा ।

काँग्रेस एक छ भन्ने सन्देश बारम्बार शिर्ष नेता द्वारा भनिएपनि देउवा पक्ष भने अहिले सङ्घर्षशिल र आन्दोलित बनेको छ यस अवस्थालाइ सौम्य र शान्त बनाउनको लागि नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ ।विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गर्दै भनिएको छ

‘शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व लिनुभयो । उहाँप्रति हार्दिक आभार गर्ने निर्णय बैठक गरेको छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँबाट अभिभावकीय भूमिका निर्वाह गर्नुहुने विश्वास बैठकले लिएको छ ।’