७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

सर्वोच्चमा कांग्रेस रिट : देउवा निवेदक, आयोग विपक्षी ।


निर्वाचन आयोगको निर्णयविरूद्ध कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।

आइतबार बिहान रिट पेसका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू सर्वोच्च पुगेर रिट पेस गरेका हुन्। सर्वोच्च अदालतले रिट दर्ता भएको जनाएको छ। रिट निवेदकको रूपमा पूर्वसभापति देउवा छन्।

रिटमा  निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएको छ। त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पनि विपक्ष बनाएको छ।

गत शुक्रबार आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा सभापति रहेको कार्यसमितिलाई नै आधिकारिकता दिएको थियो।