७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

कांग्रेस सत्ता संघर्षमा नयाँ मोड : शेखर कोइरालाले माने अदालतको फैसला ।


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतबाट हुने फैसला मानेर जाने बताएका छन्।

आइतबार बत्तीसपुतलीमा भएको आफूूपक्षीय नेताहरुको भेलामा कोइारालाले निर्वाचन आयोगको निर्णयविरुद्ध आज अदालतमा पुगेको भन्दै त्यहाँबाट आउने निर्णय मान्य हुने बताएका हुन्।

भेलामा कोइराला निकट कांग्रेसका पूर्व पदाधिकारी र केन्द्रीय सदस्य सहभागी थिए।

उनीसँगै धनराज गुरूङ, बलबहादुर केसी, जीवन परियार, गोविन्दराज पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, डिगबहादुर लिम्बूलगायत नेता भेलामा उपस्थित थिए।