७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

अघिल्लोपटक राहु र संकटा चलेको थियो, यसपटक जित्छु : रवीन्द्र मिश्र


 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौं–१ बाट यसपटक आफूले जित्ने दाबी गरेका छन् ।

मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यसअघि ६३ भोटले त्यसबेला हारेँ ! अब राहु र संकटा चलेको बेला कसैको केहो लाग्दैन । त्यति मतले मात्र हानुमा मेरो राहु र सङ्कटा चलेको थियो,’ उनले भने, ‘अब यसपटक म पक्का जित्छु ।’

साथै, उनले अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुदाले मात्र देश नबन्ने जिकिर गरे ।

‘युक्रेनमा अहिले गएर सुशासन र भ्रष्टाचार विरुद्धको मुद्दा लिएर देश बन्छ ? सिरिया, लिबिया लगायतका देश बन्छ ? बन्दैन,’ मिश्रले भने, ‘अहिले हाम्रो देशको त्यसैगरी अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुदाले मात्र देश बन्दैन ।’

उनले राजसंस्थाको वकालत गरेको आफ्नो पुस्ताका लागि नभएको भन्दै युवा पुस्ताका लागि जिकिर गरे ।

‘त्यसैले राजसस्था र राजनीतिक दललाई प्रजातन्त्रको फ्रेमभित्र ल्यायौं । मैले राजसस्थाको वकालत गरेको मेरो पुस्ताको लागि हैन । नयाँ पुस्ताको लागि हो। युवा पुस्ताको लागि हो,’ मिश्रले भने ।