१८ माघ २०८२, शनिबार

कांग्रेसले काठमाडौंका थप ५ क्षेत्रमा टुंग्यायो उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका थप पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।

संसदीय बोर्डले मंगलबार दिउँसो बसेको बैठकले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३, ४, ८, ९ र १० मा उम्मेदवारहरूको टुंगो लगाएको हो ।

कांग्रेस स्रोतका अनुसार काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाइएको छ । ४ मा सचिन तिमल्सिनालाई टिकट दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ८ मा सपना राजभण्डारीले टिकट पाएकी छन् ।

यस्तै, क्षेत्र नम्बर ९ मा नानु बास्तोला र १० मा हिमाल कार्कीलाई टिकट दिइएको छ ।

कांग्रेसले यसअघि काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेललाई दोहोर्‍याउँदै ६ मा काठमाडौं सभापति कृष्णसबुज बानियाँलाई उम्मेदवार बनाएको छ ।