काठमाडौँ । सभापति गगन थापाले जित्दै आएको काठमाडौँ– ४ मा यस पटक नेपाली कांग्रेसले सचिन तिमिल्सिना उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले मंगलबार तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तिमिल्सिनाले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बनेको जानकारी रातोपाटीलाई दिए ।
सभापति थापा यो पटक काठमाडौँ ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । तिमिल्सना थापा निकट मानिन्छन् ।