बारा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेताकार्यकर्ताहरुले सत्ता र पावरको आडमा गुण्डागर्दी गर्दै आइरहेको छ।जनप्रतिनिधिकै घरमा जसपाका नेताकार्यकर्ताले आक्रमण गरेका छ्न।
घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु परेको छ ।
परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा उपमेयर खातुनको उपचार चल्दैछ । उनको मोबाइलमा सम्पर्क गर्दा आफन्त ओरन्जेब आलमले भने, ‘उहाँसम्म कुरा हुँदैन सर । कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न । आइसियूमा उपचाररत हुनुहुन्छ।’
शनिवार राती एक समूहले बैरियास्थित उपमेयर खातुनको घरमा आक्रमण गरेको थियो ।आक्रमणकारीले उनका पति नेवाजी अन्सारीसहित परिवारका अन्य सदस्यलाई पनि कुटपिट गरेका थिए।
घाइते उपमेयर खातुन, उनका श्रीमान् र परिवारका अन्य सदस्यलाई आफन्त र स्थानीयले तत्कालै परवानीपुरस्थित न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
घरमा जसपाका कार्यकर्ताले आक्रमण र लुटपाट गरेको आरोप लागेको छ । उपमेयरका आफन्त बताउने ओरन्जेबले आक्रमण कसले गरेको कुरा आफूलाई थाहा नभएको बताए ।
आक्रमणपछि घटनास्थलमा दराज, बाकस र सामानहरू फालिएको देखिएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनका अनुसार उपमेयर खातुनको घरमा दुई पक्षबीच दोहोरो झडप भएको थियो ।