७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते


 इरानले साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा गरेको आक्रमणमा परी १२ अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् ।

यसअघि हमलामा १० सैनिक घाइते भएका बताइएको थियो । बीबीसीको अमेरिकी साझेदार ‘सीबीएस न्युज’ ले घाइतेमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको बताएको छ ।

‘वाल स्ट्रीट जर्नल’ ले हमला हुँदा उनीहरू एयरबेसको एक भवनको भित्र थिए । बीबीसीका अनुसार हमलामा कम्तिमा एक मिसाइल र कयौं ड्रोनको प्रयोग भएको थियो ।

‘न्युयोर्क टाइम्स’ र ‘वाल स्ट्रीट जर्नल’ का अनुसार हमलाका कारण कयौं विमान पनि क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भएका विमानहरू हावामा ईन्धन भर्ने काममा प्रयोग हुने गरेका थिए ।

यसैबीच संयुक्त अरब इमिरेटको राजधानी अबुधाबीको खलिफा इकोनोमिक जोन क्षेत्रमा मिसाइलको भग्नावेश खस्दा पाँच भारतीय नागरिक घाइते भएका छन् ।