७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

र्‍यालीसहित विरोध पत्र बुझाउन ललितपुर सीडीओ कार्यालयमा एमाले कार्यकर्ता


अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् ।

यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्‍याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् ।

उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

एमालेका कार्यकर्ताहरूले हिजोदेखि नै प्रदर्शन थालेका छन् । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।

ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।